प्रिमियरमा फिल्म `प्रेमा´ लाई मिश्रित प्रतिक्रिया मिलेका छ । बुधबार साँझ राजधानीमा ग्राण्ड प्रिमियर शोको आयोजना गरीएको फिल्ममा पत्रकार , फिल्मकर्मीको उपस्थिति रहेको थियो । प्रिमियरमा अभिनेत्री सन्ध्या केसी,अभिनेता तथा मोडल कुन्साङ लामा लगयतको उपस्थिति रहेको थियो  ।अभिनेत्री सन्ध्या केसीले फिल्मले आम दर्शकलाई मनोरञ्जन दिनेमा आफू ढुक्क रहेको बताइन् । ‘फिल्मका प्रमुख तीन कलाकारको अभिनय राम्रो छ । फिल्मले दर्शकलाई बाँधेर राख्छ’, सन्ध्याले भनिन् ।फिल्ममा  अरुण क्षेत्री,  सुभेक्षा खड्का  सृष्टि श्रेष्ठ , विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ ।निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म  बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको हो ।फिल्म भोलि शुक्रवारबाट प्रदर्शन हुँदै छ  ।