नयाँ वर्ष यानिकी १ गते प्रदर्शन हुने फिल्म 'नाइँ नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक गरीएको छ । विकासराज आचार्य निर्देशित फिल्म 'नाइँ नभन्नु ल ६’को बिहीवार ट्रेलर रिलिज गरीएको हो ।

 

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको विकासराज आचार्य र विष्णुमणि दाहाल निर्माता हुन्, भने कार्यकारी निर्मातामा सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान रहेका छन् ।निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीको पटकथा लेखन सहकार्य रहेको फिल्ममा आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की र केकी अधिकारी छन् ।