फिल्म ‘प्रेमा’आजबाट नेपालभर एकसाथ प्रदर्शनमा आएको छ । गोविन्द सिंह भण्डारी निर्देशित फिल्ममा सामर्थ विक्रम थापाको कार्यकारी निर्माता रहेका छन् । उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्ने ‘प्रेमा’ काठमाडौं, धनगढी र कर्णालीमा खिचिएको हो ।फिल्ममा अरुण क्षेत्री, शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ , विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को पनि अभिनय छ । विवेक घिमिरेसँग मिलेर निर्देशक भण्डारीले फिल्मको निर्माण गरेका हुन् । गोविन्दले यसअघि एक्सन प्रधान फिल्म ‘रणवीर’को निर्देशन गरेका थिए ।