फिल्म ‘चित्रा’ निर्माण हुने भएको छ ।पञ्जेबाजा’ फेम्ड निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्ने  फिल्ममा अभिनेता अर्पण थापा मुख्य भुमिकामा देखिदै छ्न् । ’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा अजय अधिकारीको कथा रहेको छ । नेपालमा नै सम्पूर्ण छायांकन हुने फिल्मले एक साधारण बाबु र छोरीको कथालाई प्रस्तुत गर्ने छ  । निर्माता अधिकारीले केही समयअघि ‘डलर एयुडी’ नामक फिल्मको पनि निर्माण घोषणा गरेका थिए ।  निर्माता समेत रहेका सन्तोष अधिकारी पनि फिल्लमा मुख्य भूमिकामा रहेका छन् ।यतिबेला मनिष गौतमले अजयको कथालाई पटकथा तथा संवादमा ढालिरहेका छन् ।लामिछाने निर्देशन गरेको नयाँ फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनको पखाईमा छ ।