फिल्म `बहाव´ टिमले दर्शकलाई थाइल्याण्ड घुम्ने अवसर ल्याएको छ । खल्ति एप संग सहकार्य गरेको टिमले दर्शकले यो अवसर अर्थात पुरस्कार जित्नका निम्ति ‘बहाब’  टिकट ‘खल्ती एप’ मार्फत काट्नुपर्ने छ । खल्ती एप प्रयोगकर्ताको एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ । नेपालभरीबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने छ ।खल्ती एपबाट टिकट काटेर चलचित्र हेर्ने एक जना भाग्यशाली व्यक्तिले एम डि होलिडेज को तर्फबाट आफ्नो जोडी सहित थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन । साथै खल्ती एपबाट टिकेट काट्दा Promocode : BAHAAB प्रयोग गरेर १०% सम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्नेछन् ।दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात , पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार पाउनका लागी दर्शकले यस्ता नियम शर्तहरु पालना गर्नु पर्ने छ । विजेताले  घोषणा भएको २ हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ ।
टूर प्याकेज घोषणा को मिति देखि ३ महिना भित्र सम्म मात्र मान्य हुनेछ ।
यो प्याकेज अरुलाई दिन योग्य हुने छैन ।
विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई उनीहरूबीचको नाता प्रमाणित प्रमाणपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछ |
थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेताको स्वयमको हुनेछ ।
भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र बिजेता स्वयम् ले बेहोर्नु पर्ने छ ।प्रमोद कंडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा सुरक्षा पन्त र कमलमणि नेपाल मुख्य भुमिकामा रहेका छन् । श्रीधर पौडेल फिल्मको  निर्माता रहेका छन् । फिल्म चैत्र २४ गतेबाट प्रदर्शनमा आउदै छ ।