चैत्र २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’ सहज रुपमा प्रदर्शन गरिदिन निर्माता सुवास थापाले आग्रह गरेका छन् । बैकिङ कसुरमा परेका थापालेआफ्नो कारण फिल्मलाई पनि असर पर्ने देखे पछि सामाजिक सन्जाल मार्फत उनले फिल्मलाई सहज रुपमा प्रदर्शन गर्न आग्रह गरेका हुन् । सामाजिक संजालमा स्टाटस कोर्दै उनले भनेका छन्–‘मैले माघ मै चलचित्र रिलिज गर्ने तयारीको कारण तिर्नुपर्ने रकम माघ पछिको भाखामा तिर्ने बचनवद्धता प्रकट गरे । तर, समयमा रिलिज हुन नसक्दा मेरो बचनवद्धतामा म चुके । तथापि, अब रिलिजको सम्पूर्ण तयारीमा रहेको हुँदा चलचित्र प्रदर्शनमा सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्दछु । मेरो नियत खराब होइन । नियतिको कारण मैले बचन पुरा गर्न नसकेको हुँ । चलचित्र रिलिजपछि सबै रकम पहिला तिर्नुपर्नेलाई तिरेर मात्र म आफ्नो भागको रकम लिनेछु । हलबाट आउने रकम सबै चलचित्रसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नुपर्नेलाई दिई बाँकी रहेको रकम मलाई वुझाउने गरि गरेमा मेरो मन्जुरी छ । यो चलचित्रमा धेरैको मिहिनेत छ । तसर्थ, सबै मिलेर चलचित्र रिलिज हुने बाताबरण बनाई सबैको रकम चलचित्र प्रदर्शनपछि प्राप्त हुने गरि गरिदिन हुन सबै सरोकारवाला संघ संस्था, व्यक्तिमा आग्रह गर्दछु ।’उनले, सबैसँग सहयोगको अपेक्षा गर्दै आफ्नो नियत गलत नभएको समेत उल्लेख गरेका छन् ।सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । फिल्मको कथा सुशिल पौडेलले लेखेका हुन् । फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् ।