फिल्म `हात्ती छाप्´ छाँयाकन अगावै मध्य पूर्वी मुलुकमा प्रदर्शन अधिकार विक्री भएको छ । नेप फिल्मका प्रमुख रमेश ढकालले मध्य पूर्वी मुलुकमा फिल्मको प्रदर्शन अधिकार महंगो मूल्यमा खरिद गरेका हुन् ।रेड बर्ड प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको निर्देशन सिमोस सुनुवारले गर्ने छ्न् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने र कविता आलेको पनि अभिनय रहनेछ।  फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्मको निर्माता किरण नेपाली हुन् ।