विश्वकै सबैभन्दा ठूलो धनराशी रहेको रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठको प्रवेश भएको छ । पत्रकार सम्मेलनमा फाउन्डेशनका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीको उपस्थितीमा नेपाल च्याप्टर अध्यक्ष दिलिप रायमाझीले निर्णायक मण्डललाई स्वागत गरेका हुन् । शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, संगीतकार सुरेश अधिकारी, गायिकाद्धय अन्जु पन्त र सुजता बर्मा निर्णायकको रुपमा छन् । यस्तै, कार्यक्रमलाई हाँस्य कलाकार सन्दीप क्षेत्रीले रीमा विश्वकर्मासँग मिलेर होस्ट गर्ने भएका छन् ।विश्वकै सबैभन्दा ठूलो धनराशी रहेको शो चाडैं नै नेपाल टेलिभिजन र एनटीभी प्लसबाट प्रशारण हुनेछ । शोका विजेताले रु एक करोड पाउने छन् ।