वरिष्ठ कलाकार निर शाहले आफ्नो ६४ औँ जन्मदिन आफ्ना नजिकका कलाकर्मीको साथमा मनाएका छन् । करिब ५ दशक देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका शाहलाई टेलिभिजन क्षेत्रको भिष्मपितामाहको रूपमा मानिन्छन् ।

 

बिसं २०१० मा जन्मिएका शाह चलचित्र अभिनय, निर्माण र निर्देशनमा सक्रिय छन् । जन्मोत्सबमा बोल्दै जन्मदिन भावनात्मक रहेको बताए । कलाकार अनुराग कुँवरको विशेष आयोजनामा मनाइएको जन्मदिनमा शाहले अहिले सम्मको विशेष जन्मदिन रहेको बताए ।

उनलाई शुभकामना दिन कलाकार अनुराग कुँवर, अर्जुन जङ्ग शाही, पूजा शर्मा, भानु प्रताप, गौरी मल्ल, संदिप क्षेत्री लगायतको उपस्थिति रहेको थियो । 

वरिष्ठ कलाकार निर शाहलाई हाम्रो तर्फबाट जन्मदिनको शुभकामना !