फिल्म ‘हात्तीछाप’मा अभिनेता विल्सनविक्रम राईको एन्ट्री भएको छ। अभिनेता राई र निर्माण पक्ष बीच लिखित सम्झौता हुँदै उनि फिल्ममा प्रवेश गरेका हुन् । फिल्ममा विल्सन लाहुरेको भूमिकामा देखिने छन्। यस् अघी फिल्ममा अभिनेताद्दय दयाहाङ राई र सौगात मल्ल अनुबन्धित भैसकेका छन् ।किरण नेपालीको निर्माण रहने फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्ने छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले व्यवसायी अमलादेवी राईसँग मिलेर हात्तीछाप निर्माण गर्न लागेका हुन् ।एक्सन थ्रिलर फिल्ममा उपासना सिंह ठकुरी, वुद्दि तामाङ, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने र कविता आलेको पनि अभिनय रहनेछ ।