फिल्म `जारी´ दक्षिण कोरियामा पनि रिलिज हुने भएको छ  । ‘जारी’को टिजर र ट्रेलरले उम्दा प्रतिक्रिया पाएपछि फिल्म विदेशमा माग बढेको छ । सोहि मागलाई मध्यनजर गर्दै निर्माण टिमले अप्रील २३मा  फिल्म रिलिज गर्ने भएका हुन् । निर्माण कम्पनी बाँसुरी फिल्म्सले यस् अघिनै अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व तथा पूर्वी एसियाली मुलुकमा फिल्मको राइट्स बेचिसकेको छ । जसबाट निर्माताले डेढ करोड बढी कमाइसकेका छन् २०८० को नयाँ वर्षको दिन प्रदर्शन हुने फिल्ममा उपेन्द्र सुब्बाको निर्देशन र लेखन् छ भने फिल्मको निर्माता निर्देशक रामबाबु गुरुङ हुन्। बाँसुरी फिल्मको व्यानरमा निर्मित फिल्ममा सुरेश लिम्बूको कन्सेप्ट, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणि नेपाल, पुस्कर गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।