नायिका बेनिशा हमाल अभिनित फिल्म `प्रेम गन्ज´ ओटीटीमा रिलिज गरिने भएको छ । नंया बर्षका दिन सिनेमा घर एपमा फिल्म रिलिज गरिने भएको हो । पूर्वसन्ध्यामा ‘फेरी भेट होला नहोला बोलको गीत रिलिज गर्दै निर्माण टिमले रिलिज गर्ने जानकारी गराएका हुन्  ।परीच्छेद सेनको निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् l  ‘चलचित्र चौतारी’ को ब्यानरमा निर्माण भएको फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् ।स्पट ब्वाईको रूपमा काम गर्दै आएका राजु फुयाँल भने यस् फिल्मका निर्माता हुन् l  त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको फिल्ममा बेनिशाका अलावा सुरक्षा पन्त, तेज गिरी, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मि भट्ट, सञ्जोग रसाइली, गीता अधिकारी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाललगायतका कलाकारको पनि अभिनय छ ।