उच्च अदालत पाटनले फिल्म `प्रशाद २´ को प्रदर्शन रोक्ने अल्पकालीन आदेशविरुद्धको रिटलाई खारेज गरेको छ । एसजी फिल्मले दायर गरेको रिटमा बिहीबार बहस भएसंगै फिल्मको रिटलाई खारेज गरेको हो।अन्तरिम आदेशलाई खारेज गरिपाऊँ भन्दै एसजी फिल्मको तर्फबाट राजु श्रेष्ठ र सुदर्शन बस्नेतले निवेदन दिएका थिए ।निवेदकको तर्फबाट बिहीबार भीमार्जुन आचार्य र ताराकुमार श्रेष्ठले बहस गरेका थिए ।निर्माता पाण्डेले सेन्सर नगर्न आग्रह गर्दै दिएको निवेदन चलचित्र विकास बोर्डले दर्ता नगरेपछि उनी अदालत पुगेका थिए । अदालतको आदेशलाई चुनौती दिंदै दायर रिट खारेज भएपछि शुक्रबार हुने भनिएको फिल्म प्रदर्शन रोकिने निश्चित भएको छ ।