बैशाख १ गते यानिकी नयाँ बर्षको दिन कुटुम्ब ब्याण्डले टुँडिखेलमा कन्सर्ट गर्ने भएको छ । बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुने १२ घण्टाको महोत्सवलाई योगा, ध्यान र उत्सव गरी ओशो तपोबनको सहकार्यमा ओम नेपाल मिडियाले ओशो महोत्सव काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागेको हो । एक दिने ओशो महोत्सब ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिंङ्ग मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहशनलगायतको संगालो समारोह हुने बताइएको छ । महोत्सवमा निशुल्क प्रवेश गर्न पाइने छ ।