वेभ सिरिज ‘ब्रह्माण्ड’ निर्माणको तयारीमा रहेको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्ने यस् सिरिजमा सुनिल थापा, अर्पण थापा, राजन खतिवडा, माओत्से गुरुङ, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकार अनुबन्धित भैसकेका छन् । ‘ब्रह्माण्ड’लाई रियाजले लेखन तथा निर्देशन गर्दैछन् भने निर्मातामा सागरराज आचार्य छन् ।आठ घण्टाको हुने सिरिजलाई नेपाली र भारतीय ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारी समेत भइरहेको छ । यसअघि एकेडेमीले वीरगञ्जमा ‘मिस स्कार्लेट’ सिरिज निर्माणको घोषणा गरेको थियो भने ‘म’ नामक फिल्म पनि निर्माण गरेको थियो ।