फिल्म ‘कैदीको पत्र’ आगामी वैशाख १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।प्रेम र रोमान्सको कथामा बनेको यो फिल्ममा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नु पर्ने उतार–चढाव तथा भोग्नुपर्ने कठिनाईहरु समावेश गरिएको छ। फिल्ममा कुनाल विश्व, म्याडिशन लाजारसको साथमा सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ आदि कलगायतका नेपाली तथा बेलायती कलाकारहरुले अभिनय गरेका छन् ।रामेश्वर कार्की यो फिल्मका छायांकार हुन् भने अर्जुन जिसिले सम्पादन र ब्रिटिश कलरिष्ट यासिन एन’चौबीले कलर ग्रेडिङ्ग गरेका छन् ।दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी यो फिल्मका निर्माता हुन् ।