उच्च अदालत पाटनले अन्तरिम आदेश दिए संगै फिल्म ‘प्रसाद २’ को रिलिज हुने बाटो खुलेको छ । न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि अरु कानुनी बाटो अपनाउन सक्ने तर फिल्मको प्रदर्शन रोक्न नमिल्ने आदेश दिएको हो । फिल्मको रिलिज रोक्न केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ ।