यहि शुक्रबारबाट फिल्म `बुलाकी´ प्रदर्शनमा आउदै छ । उक्त फिल्मलाई लिएर `बुलाकी´ अभिनेता नरेन खड्का उत्साहित छन् । लामो समय पछि यस् फिल्म मार्फत दर्शकमाझ आउन लागेका नरेन बुलाकीबाट आशावादी देखिएका छन् ।अभिनय क्षमता भएर पनि अभिनेता खड्काले काम गरेका फिल्मले दर्शकको साथ नपाउनु तथा उनले छनोट गरेका कतिपय फिल्म नै गलत परेकाले पनि उनको कामको मूल्यांकन हुन सकेको थियन । तर यसपटक उनी ‘बुलाकी’ मार्फत दर्शकको साथ, समर्थन तथा माया पाउने कुरामा ढुक्क देखिन्छन् छन् । ‘कतिपय अवस्थामा मेरो पनि आफ्नै कमजोरी छ । मैले केही प्रोजेक्टहरूमा आफूलाई हेलचेक्र्याई पनि गरेँ । तर, बुलाकीबाट दर्शकले मलाई र मेरो अभिनयलाई पहिचान गर्नुहुन्छ भन्ने अपेक्षा छ, उनी भन्छन् ।फिल्ममा उनले कर्णाली प्रदेशको एक साधारण युवक चन्द्रयाको भूमिका निवार्ह गरेका छन्, जो विवाहित छन् ।लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको फिल्मको छायांकन डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व।मोति बिष्टको प्रस्तुति रहेको यो फिल्म शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।फिल्ममा अभिनेता खड्का तथा अभिनेत्री सुरक्षा पन्तसंगै बिराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल र सरस्वती खत्री अभिनय गरेका छन् ।