‘पशुपतिप्रसाद–२ : भष्मे डन’ को छाँयाकन यतीबेला धमाधम भैरहेको छ । दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा अभिनेता बिपिन कार्की , अभिनेत्री स्वस्तिमा खड्का , सौगात मल्ल मुख्य भुमिकामा छन् ।  छायांकनकै क्रममा रहेको फिल्ममा यतीबेला नायिका आँचल शर्माको पनि प्रवेश भएको छ । “नृत्यका लागि उनलाई लिइएको हो । अहिले गीतको छायांकन भइरहेको छ,” निर्देशक दीपेन्द्र के खनालले भने, “आँचल यो फिल्ममा गीतमा मात्रै हो । अन्य भूमिकामा हामीले अनुबन्ध गरेका हैनौँ ।” खगेन्द्र लामिछानेको कथा फिल्ममा रहेको छ ।