फिल्म ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ । बैशाख १ गतेलाई रिलिज मिति तोकिएको फिल्म अब भने उक्त मितिमा रिलिज हुने छैन । फिल्मसँग सम्बन्धित एक निर्माताको आर्थिक लेनदेनलाई लिएर चलचित्र विकास बोर्डमा परेको उजुरी कायमै रहँदा निर्माताले फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेको हुन् ।डीएस डिजिटल र एफडी कम्पनीले फिल्मका कार्यकारी निर्माता भनिएका सञ्जय न्यौपानेविरुद्ध बोर्डमा उजुरी दिएका थिए । न्यौपानेले डीएस डिजिटललाई ११ लाख र एफडीलाई दुई लाख रुपैयाँ तिर्न बाँकी रहेको उजुरीमा उल्लेख छ ।