गायक तथा युवा उद्योमि आरोहण श्रेष्ठको शब्द रचना तथा गायनमा नयाँ गीतको भिडियो रिलिज गरीएको छ ।`सपनाको घर´ बोलको गीतको भिडियो निर्देशन निर्देशक नारायण प्रधानले गरेका हुन ।
इलाम, झापा लगायतका स्थानमा छायांकन गरिएको म्युजिक भिडियोको छायांकन रोशन मर्हजन र अनिष तामाङ्गले गरेका हुन। सपनको घरमा बज्र क्रियशनका कोबिद बज्र र बिकेश बज्रको संगीत रहेको छ ।गीतमा नायिका नम्रता सापकोटा तथा नायक शिशिर शिवाकोटीको अभिनय रहेको छ ।