सुरुवाती दिन देखि चलचित्र विकास बोर्डमा अभिनेता भुवन केसी अध्यक्षमा नियुक्त भए देखी  फिल्मकर्मीहरू फिल्म क्षेत्रको दुखको दिन सुरु भएको आक्रोश पोख्दै आएका छन् । राज्नितिको आडमा अध्यक्षमा नियुक्त भएका भुवन देखी कोही फिल्मकर्मीहरू खुसी छैनन् । सामाजिक सञ्जालमा होस् या पत्रपत्रीकामानै उनको पदको विरोध भइरहेको छ ।हालै कलाकार दीपकराज गिरिले पनि भुवनप्रति आक्रोश पोखेका छन् । यस वर्षको सर्वाधिक कमाइ गर्ने फिल्म `छक्का पन्जा ४´ बनेता  पनि बिकासबोर्डले कमाईको गलत रिपोर्टिङ सार्वजनिक गरेको भन्दै गिरिले सामाजिक सञ्जालमै आक्रोश पोखेका हुन । उनी लेख्छन् :चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको  गलत रिपोर्ट सार्वजनिक गरेको छ 

यो अध्यक्ष आए पछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा..