बैशाख १५ मा त्रिपक्षीय भिडन्त ३ फिल्म बिच हुने भएको छ ।  `प्रसाद २´ र `कैदीको पत्र´ ले मुठ्ठीमा राखिसकेको उक्त मितिलाई  अब `नाइँ नभन्नु ल ६´ ले पनि कब्जा गर्ने भएको हो । यस् अघी बैशाख १ रोजेको फिल्मले केही झमेला आइपरेपछि बैशाख १५ लाई  रोजेको हो । आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् ।विकासराज आचार्यद्वारा निर्देशित फिल्ममा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अथर्व उप्रेती (निखिल उप्रेतीका छोरा), योगिशा खत्रीलगायतको अभिनय रहेको छ भने ‘नाईं नभन्नू ल’ सिरिजका पर्याय मानिने अनुभव रेग्मी केमियो भूमिकामा छन् । यस फिल्मलाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले मिलेर लेखेका हुन् ।