नयाँ बर्ष भोलिबाट फिल्म `बुलाकी´ रिलिजमा आउदै छ । शुक्रबारबाट रिलिजमा आउदै गरेको फिल्मको गत बुधबार कमलपोखरी स्थित बिग् मुभिजमा स्पेशल स्क्रिनिङ राखिएको थियो । उक्त कार्यक्रममा निर्देशक दिनेश डीसी,अभिनेता पुष्प खड्का, गजित बिष्ट, राज कटुवाल, मुकुन भुषाल, निर्देशक ज्ञानेन्द्र देउजा लगायत पत्रकार देखी साम्सदको उपस्थिति रहेको थियो । फिल्मले सकारात्मक प्रतिकिया बटुलेको थियो  । फिल्म हेर्न पुगेका निर्देशक दिनेश डीसीले पनि बुलाकीलाई उत्कृष्ट बनेको बताए । साथै,फिल्म हेरेपछि सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढंगले फिल्ममा प्रस्तुत गरेको बताए ।‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ ।फिल्मलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन् l मोती विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको फिल्मको कथा निर्देशक सुनार स्वयंले लेखेका हुन् । सौगात कँडेल सह-निर्माता फिल्मलाई शिव ढकालले खिचेका हुन् l फिल्ममा नायिका सुरक्षा पन्त रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय रहेको छ । फिल्मको सम्पूर्ण दृश्य डोल्पामै खिचिएको हो ।  फिल्मले मल्टिप्लेक्समा भने राम्रो शोज पाएको छैन ।