निर्देशक निश्चल बस्नेत नयाँ फिल्म `दिमाग खराब´ को तयारीमा रहेका छन्  । फिल्मको रिलिज मिति समेत तोकिसकेका उनको यस् फिल्ममा फिल्ममा नायकद्धय दयाहाङ राई र सौगात मल्लले काम गर्ने पक्का भैसकेको छ । कार्तिक २४ गतेलाई प्रदर्शन मिति तोक्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्ममा केदार घिमिरे उर्फ माग्ने बुढा पनि देखिने छ्न् । फिल्ममा नायिकाको रुपमा स्वस्तिमा खड्काको मुख्य भूमिका रहनेछ । जनता र शक्तिबिचको संघर्षको कथामा यो फिल्म बन्नेछ ।