आजबाट तीन फिल्म ‘जारी, बुलाकी र बिहे पास’ रिलिजमा आएको छ । मल्टिप्लेक्समा सर्वाधिक शोज ‘जारी’ले पाएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा रामबाबु गुरुङ निर्मित `जारी´ मा दयाहाङ राई, मिरुना मगर मुख्य भूमिकामा छन् ।यो फिल्मलाई क्यूएफएक्स चेनले देशभर ५५ शोज दिएको छ । यस्तै, दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनित फिल्म ‘बिहे पास’ले पनि सुखद शो पाएको छ । फिल्मका कलाकार, वितरक रोहित कट्टेलको फिल्म भएका कारण पनि यसले मल्टिप्लेक्समा राम्रो शो पाएको हो ।यो फिल्मलाई बीग मुभिजले ३ शो दिएको छ । यस्तै, वान सिनेमाजले यो फिल्मलाई ६ शो दिएको छ । यस्तै, क्यूएफएक्स चेनमा फिल्मले ३६ शोज पाइसकेको छ । सबै हलमा फिल्मले पाएको शोजलाई सुखद मान्नुपर्छ । यी दुई फिल्मको तुलानामा फिल्म ‘बुलाकी’ लाई भने कम् शो दिएको छ । फिल्मलाई क्यूएफएक्सले १२ शोज मात्र दिएको छ । यो फिल्म ‘जारी’को भन्दा करिब ५ गुणा र ‘बिहे पास’को भन्दै ३ गुणाले कम शो हो ।यस्तै, फिल्मलाई बीग मुभिजले २ शो, वान सिनेमाज्ले एक शो मात्र दिएका छन् । लक्ष्मण सुनारको निर्देशनमा विराज बिष्टको लगानी रहेको फिल्ममा सुरक्षा पन्त र नरेन खड्का मुख्य भूमिकामा छन् ।