‘ज्याकी : आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक गरिएको छ ।कोरियोग्राफर रेनाशा राई राणाद्वारा निर्देशित डान्स ड्रामा फिल्मको नयाँ वर्षको अवसर पारेर शुक्रबार काठमाडौंमा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङलाई देखाइएको छ । आइकोर फिल्म्सको ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको यो फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र गीतमा द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।
आगामी बैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय रहेको छ ।