गत शुक्रवारबाट रिलिजमा आएको फिल्म `जारी´ ले आक्रामक ब्यापार गरेको छ । अधिराज्यभरका सिनेमाघर कब्जा गरेको फिल्म हेर्ने दर्शकको चाप् उत्तिकै बढ्दो छ । फिल्मले २ दिनमा करिव ४ करोड बराबरको ग्रस ओपनिङ्ग गर्ने प्रक्षेपण गरिएको छ। आज शनिबार पनि फिल्मघरहरु हाउसफुल छन् । उपेन्द्र सुब्बाको कथा र निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय वराल मुख्य भूमिकामा रहेका छन्।