कम् शो पाएता पनि गत शुक्राबारबाट रिलिजमा आएको फिल्म `बुलाकी´ ले सुखद ब्यापार गरेको छ । शुक्रबार फिल्मले सिनेमाहलमा अकुपेन्सी ६०/७० प्रतिशत आसपास थियो । यही अवस्था काठमाडौंका अन्य मल्टीप्लेक्सहरुमा पनि देखियो । त्यस्तै, नेपालगञ्जको क्यूएफएक्स हलमा फिल्मले पाएको एउटा शो हाउसफुल नै भएको थियो । जारी प्रथा माथि बनेको फिल्मलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन् l मोती विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको फिल्मको कथा निर्देशक सुनार स्वयंले लेखेका हुन् । सौगात कँडेल सह-निर्माता फिल्मलाई शिव ढकालले खिचेका हुन् l फिल्ममा नायिका सुरक्षा पन्त रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय रहेको छ । फिल्मको सम्पूर्ण दृश्य डोल्पामै खिचिएको हो ।