एक्सन अभिनेता निखिल उप्रेतीलाई कुनै पनि गीतमा नृत्य गरेको कमै भटेन्छन् । आफूलाई एक्सन नायक भन्न रुचाउने निखिलले सम्भवत पहिलो पल्ट नाँचेको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा चलचित्र ‘पिंजडा ब्याक अगेन’को पहिलो गीत सार्वजनिक कार्यक्रममा पुगेका निखिल आफ्नो लागी नाच्ने काम निकै कठिन रहेको बताउछन् । कार्यक्रममा बोल्दै उनी भन्छन् ‘मैले जति पल्ट कम्मर मर्काएको हुन्छु, त्यति बेला ताली बजाई दिनु होला । त्यसमा म खुसी हुने छु’ ।
सोही कार्यक्रम मार्फत ‘पिंजडा’को सिक्वेल चलचित्र ‘पिंजडा ब्याक अगेन’को पहिलो गीत सार्वजनिक गरिएको हो । ‘कु..कु..कु’ बोलको सार्वजनिक गीतमा निखिलले नायिका सारा श्रीपालीसँग कर्मर मर्काएका छन् । राजनराज सिवाकोटीको शब्दसंगीत रहेको गीतमा राजनराज र अन्जु पन्तको स्वर रहेको छ । हिमाल केसीको निर्देशन चलचित्रमा कथा मौनता श्रेष्ठको रहेको छ । चलचित्रमा निखिल र साराको साथै सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । आउँदो माघ ४ गते प्रदर्शन हुने चलचित्रलाई रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीले निर्माण गरेका हुन् ।