रिलिज भएको दुई दिन नबित्दै फिल्म `बुलाकी´ लाई हलबाट उतारीएको छ।  फिल्म निर्माताले हलले गरेको  दादागिरीका कारण फिल्मलाई हलबाट उतारेका हुन् ।  देशभरका मल्टीप्लेक्सहरुमा ७० प्रतिशत शोज कटौती गरिएको र अफटाइममा शोज दिइएको, मोफसलका मुख्य स्टेशनमा एउटै शो नदिएको आदि कारण देखाउँदै निर्माण टिमले सो निर्णय गरेका हुन् । यस् बारे फिल्मका निर्माता बिराज बिष्टले पनि आफ्नो सामाजिक सन्जालमा हलवालाहरु माथि आक्रोश पोख्दै सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरि जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी विल्कुल मान्न तयार छैनौं ।’अब दर्शकहरुको मागअनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोक-चौतारा फिल्म देखाउने विष्ट बताउँछन् । काठमाडौंले अवहेलना गरेको कर्णाली र सुदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै फिल्म बनाउँदा फिल्म क्षेत्रले समेत त्यही व्यवहार दोहोर्‍याएको उनको गुनासो छ । ‘देश, समाज र माटो बोल्ने अझै धेरै कथा लिएर आउनेछु । म थाकेको मात्र हुँ, हारेको छैन,’ भनेर लेखेका छन् ।