फिल्म ‘जय हो’ को इन्ड्ल्याप भएको छ ।  ३० दिनको छायांकन मुक्तिनाथमा गएर समापन गरीएको हो । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई टेक पौरखी राईको निर्देशन गरेका छन्  । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको फिल्मको कथा सुरेश न्यौपानेको रहेको छ । सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत समावेस रहेको फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय हेर्न सकिन्छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको  निर्मातामा राज के अधिकारी र सुरज सरकार हुन्    । फिल्म आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमको योजना रहेको छ  ।