फिल्म `जारी´ निर्माताले सामाजिक संजालमा फिल्म पाइरेसी भएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी हालेका छ्न् । हलमा फिल्मको दृश्यहरु खिचेर टिकटक, युट्युबलगायत संजालमा हाले पछि निर्माताले उजुरीको कदम चालेका हुन् । उपेन्द्र सुब्बाद्वारा निर्देशित फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले आदिको अभिनय छ ।प्रदर्शनको दुई दिनमा नै ४ करोडमाथि कलेक्सन गरेको ‘जारी’ले घरेलू बजारमै १२ करोडमाथिको लाइफटाइम कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ ।