अभिनेता मुकुन भुसाल र नायिका लक्ष्मि बर्देवा अभिनित फिल्म `बिच्छेद´ को रिलिज मिति लक् गरीएको छ । आगामी मंसिर ८ गतेबाट फिल्म प्रदर्शनमा ल्याउने योजना निर्माण टिमले गरेका हुन् । फिल्मको पोस्टरमा रिलिज मिति सहित मुकुन भुषाल र लक्ष्मी बर्देवा फिचर्ड गरीएको छ । सत्यराज चौलागाईंद्वारा निर्देशित फिल्मको निर्माता राज पण्डित, डिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य हुन् । फिल्ममा संकल्प भुजेलको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन छ ।मुकुन र लक्ष्मीका अलावा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।