फिल्म ‘नाइँ नभन्नू ल ६’को ‘कबाट कछुवा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । बैशाख १५ गते बाट रिलिज हुने फिल्मको गत बिहीवार गीत सार्वजनिक गरीएको हो । गीतमा बेनिशा पौडेलको स्वर, डा. सुबोध कुमार पोखरेलको शब्द रचना तथा भुपेन्द्र रायमाझीको संगीत छ ।गीतमा अभिनेत्री
प्रियंका कार्की शिक्षिकाको भूमिकामा देखिएकी छन् ।
आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् ।विकासराज आचार्यद्वारा निर्देशित फिल्ममा प्रियंकाका अलावा आँचल शर्मा, आशिर्वाद क्षेत्री (नव-नायक), केकी अधिकारी, सरोज खनाल, खड्ग बहादुर पुन, अभिनेता निखिल उप्रेतीका छोरा अथर्व, योगिशा खत्रीलगायतको पनि अभिनय छ । निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको फिल्ममा लेखन रहेको छ ।