नायिका गरीमा पन्त दोश्रो सन्तानको आमा बन्ने भएकी छिन । दोश्रो सन्तानको आमा बन्न लागेको खबर पन्तले इन्स्टाग्राम मार्फत छोरी र श्रीमासँगको तस्बिर सार्वजनिक गर्दै दिएकी हुन् ।गरिमाले बिहीबार सार्वजनिक गरेको तस्बिरमा उनको ‘बेबी बम्प’ संगै क्याप्सनमा ‘नयाँ वर्षको उमङ्गसँगै नयाँ खुशीको आगमनले हर्षित बनेका छौं, गतिशील समय प्रगतिशील बनोस सबैमा शुभकामना । ’’लेखेकी थिइन् । विगत लामो समयदेखि उनी श्रीमान र छाेरीसँग बेल्जियममा बस्दै आएकी छन् ।