प्रतिष्ठित भारतीय क्रिटिक्स च्वाइस अवार्डबाट नेपालि फिल्म सम्मानीत भएको छ । निर्माता रामकृष्ण पोखरेलको नयाँ छोटो फिल्म ‘द साइलेन्ट इको’ले प्रतिष्ठित भारतीय क्रिटिक्स च्वाइस अवार्ड २०२३को उपाधी जितेको हो । फिल्मले दुई महत्वपूर्ण विधा जितेको छ ।बेस्ट सर्ट फिल्म र बेस्ट सिनेम्याटोग्राफीको अवार्ड जितेको हो ।क्रिटिक्स गिल्ड अफ इण्डियाले बर्सेनि प्रदान गर्ने यो अवार्डलाई बलिउड अभिनेता राजकुमार रावले निर्माता पोखरेल र छायाकार जोहेर मुसाभीरलाई दिएका थिय । सुमन सेन निर्देशित यो फिल्म भारत, बंगलादेश र फ्रान्सका निर्माताको संयुक्त प्रोजेक्ट पनि हो ।फिल्मले दुर्गम गाउँबाट चार किशोरकिशोरी चट्टानमा छोडिएको एउटा थोत्रो बसमा संगीत बजाउँदै दिन बताउने कथा पेश गर्छ । पोख्रेल ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ का निर्माता पनि हुन् ।