बैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हल्कारा’को गीत सार्वजनिक गरिएको छ । प्रकाश सपूत र देवी घर्तीको आवाज रहेको ‘जीवन कठै बरी’ बोलको गीतमा गायक सपूतकै शब्द रचना तथा संगीत छ । कालीपार स्टुडियो र आइसफल प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् ।रामकृष्ण पोखरेल र विक्रम सापकोटाको निर्माण रहेको फिल्ममा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक र ज्योती रानाको प्रोडक्सन साउण्ड छ l
‘हल्कारा’मा बिनिता थापा मगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग,विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री आदिको पनि अभिनय रहेको छ ।