आज शुक्रबारबाट तीन नेपाली फिल्म ‘कैदीको पत्र’, ‘नाइँ नभन्नू ल ६’ र ‘प्रसाद २’ एकसाथ सार्वजनिक प्रदर्शनमा आएका छन् । सुदर्शन थापा निर्देशित ‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी आदिको अभिनय छ । अघिल्लो श्रृंखला जहाँ सकिएको थियो, त्यहीँबाट फिल्म सुरु छ । पात्र मात्र परिवर्तन छन् । यसै साता काठमाडौंमा भएको प्रिमियरमा फिल्मले उम्दा प्रतिक्रिया पाएको थियो । फिल्मलाई सुशील पौडेलले लेखेका हुन् ।त्यस्तै,विकासराज आचार्यको निर्देशन रहेको ‘नाइँ नभन्नू ल ६’मा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्ग बहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईँटेलका छोरा अथर्व, योगिशा खत्रीलगायतको अभिनय छ । आशिर्वाद क्षेत्रीको यो डेब्यू फिल्म हो । साथै, सनम कुमार बैराग निर्देशित फिल्म `कैदीको पत्र´ मा कुनाल विश्व, ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापालगायतको अभिनय छ ।