फिल्म ‘बाटो : रोड टु डेथ’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ५० सेकेन्ड लम्बाईको ट्रेलर बुलन्द बनेको छ ।काठमाडौँ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई नेपालीसँगै अंग्रेजी, तमिल र हिन्दी भाषामा बनाइएको छ ।फिल्मका लेखक तथा निर्देशक मदन थापा हुन् भने शरण ऋषिले छायांकन गरेका हुन् ।
फिल्ममा मिथिला शर्मा, अशान्त शर्मा, पशुपति राई, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार, आभाष अधिकारी, गणेश उपाध्याय, किरण शाहीलगायतको अभिनय छ । फिल्मका निर्माता चन्दन झा हुन् । काठमाडौंसँगै उदयपुरको गाईघाटमा छायांकन भएको फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।