फिल्म ‘नाङ्गो गाउँ’को अष्ट्रेलिया राइट्स विक्री भएको छ ।छायांकन नसकिँदै अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । मोटो रकममा फिल्मको राइट्स बिक्री गरीएको बुझिएको छ । अब फिल्म नेपाल र अष्ट्रेलियामा एकै दिन प्रदर्शन हुने छ । दिपेन्द्र लामाको निर्देशन रहेको फिल्मलाई मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण गरीएको हो । फिल्ममा दयाह्याङ राई,मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, शिशिर वाङ्देललगायतको पनि अभिनय छ ।हिमाल शर्माको प्रस्तुतिमा जय श्रेष्ठ निर्माता रहेको फिल्म आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउँदैछ