काठमाडौँको मण्डला नाटकघरमा सफलतापूर्वक मञ्चन भइसकेको नाटक ‘लाटीको छोरो’ अब पुर्वमा मञ्चन हुने भएको छ । आउँदो कात्तिक २५ गतेबाट १० दिनसम्म नाटक पूर्वको बिभिन्न स्थानमा मञ्चन हुने भएको हो । नाटक पूर्वको विर्तामोडमा कार्तिक २५ गतेदेखि २९ गते, मंसिर १ र २ शिवसताक्षी नगरपालिकाको दुधे र शिवसताक्षीपछि दमकमा देखाइने नाटकका प्रोडक्सन डिजाइनर प्रकाश दाहालले जानकारी दिए । अन्य स्थानका लागि पनि कुराकानी भइरहेको तर पक्का भइनसकेको बताइएको छ । श्याम शाहको लेखन रहेको ‘लाटीको छोरो’लाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । सन्देशको लागी नाटक बलियो रहेको र नाटक हेर्ने संस्कारको विकास गर्ने उदेश्यले नै पुर्वका बिभिन्न स्थानमा नाटक देखाइन् लागेको प्रोडक्सन डिजाइनर दाहाल बताउछन् । आफ्नो गाँउठाँउमा नाटक देखाउन चाहनेलाई सम्पर्क गर्न उनले आग्रह गरे ।
विर्तामोड मञ्चनका लागि हेल्पिङ हेन्ड्स, क्षतिज नाट्य समुह, सैनिक युुथ क्लबले सहकार्य गरेको छ भने ग्लोबल म्यानेजमेन्ड फाउन्डेसन सहयोग गरेको छ । त्यसैगरी शिवसताक्षी नगरमा मञ्चनका लागि स्थानिय संस्था कृपा नेपालले संयोजन गर्ने भएको छ ।
आर्ट स्टुुडियोको प्रस्तुतिमा तयार भएको यस नाटकमा अभिनेत्री केनिपा सिंहले लाटीको भुमिका निर्वाह गरेकी छिन् । नाटकमा टिका पहारीले गाउँका नेता विषनाथको भुमिका निभाएका छन् । नाटकमा प्रकाश दाहाल, सन्देश लामिछाने, कुन्दन थारु, रियर राई, पशुुपति राई, राजन काफ्ले, सुदिप खतिवडा, रोसन सुवेदी, आयन खड्का, मिलन कार्की र मेलिन पराजुलीले अभिनय गरेका छन् ।