हाल छाँयाकनमा रहेको सिरिज ‘ब्रह्माण्ड’ ओटीटी प्लाटफर्ममा रिलिज गरिने भएको छ । निर्माण टिमले सिरिज रिलिज प्लाटफर्ममा गरीने खबरबारे निर्माण टिमले जानकारी गराएका हुन् । सिरिजलाई ओटीटी प्लाटफर्म जी फाइव र अमेजन प्राइममा रिलिज गरिने छ । कान्तिपुर फिल्म एकेडेमीको प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रकाश पुरीले जानकारी गराएका छन् । उनका अनुसार बाबुछोराको शहरसँगको सम्बन्ध र त्यसले पारेको प्रभावका विषयलाई समेट्न खोजिएको छ । आफुले निर्माण गर्ने सिरिजले बजारीकरणसमेत गर्ने दाबी उनको छ । सिरिजमा कलाकारहरु सुनील थापा, अर्पण थापा, राजन खतिवडा, विष्णु पहारी लगायतको अभिनय रहेको छ । पहिलो चरणमा तीन एपीसोडको छायाँकन पोखरामा गरिएको हो ।पोखराको ओपन हाउस, गुप्तेश्वर गुफा, चरक मेमोरियल हस्पिटल, लेकसाइड स्ट्रिट, ट्रेडमल, मिडटाउनमा लगायतका स्थानमा सिरिजको छायाँकन गरीएको छ ।