फिल्म ‘प्रसाद २’ अष्ट्रेलियामामा पनि रिलिज हुने भएको छ । बैशाख २८ बाट फिल्म अष्ट्रेलियाको ४० भन्दा बढी हलमा रिलिज हुने भएको हो । फिल्म अष्ट्रेलियाका ठूला मल्टिप्लेक्सहरु इभेन्ट सिनेमा, युनाइटेड सिनेमा, होयट्स सिनेमा लगायतमा प्रदर्शन हुने जनाइएको छ ।केकी अधिकारी , विपिन कार्की, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको फिल्मलाई सुभाष थापाले निर्माण गरेका हुन्। फिल्मलाई संचारकर्मी सुशील पौडेलले लेखेका हुन् । भने फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन् ।