नायिका नम्रता श्रेष्ठको मुख्य भुमिका रहने फिल्म `ह्यासट्याग माया’ को मुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने फिल्मको मुर्हत बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा गरिएको हो । फिल्मको छाँयाकन भने यहि हप्ताबाट सुरु हुँदै छ । फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन,रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ। यसमा कार्यकारी निर्मातामा अनुप पौडेल रहेका छन् । थ्रिलर विधामा निर्माण हुने फिल्मको छायांकन काठमाडौंबाट सुरू भईपोखरा, बर्दिया हुँदै धरानमा सकिने छ । फिल्ममा नम्रताको अलावा सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको पनि अभिनय रहने छ।