फिल्म ‘अन्तिम संस्कार’को टिजर सार्वजनिक गरीएको छ । सार्वजनिक टिजरमा एक बेपत्ता रहेको पात्रलाई खोज्न सीआईबीले गरिरहेको अनुसन्धानलाई देखाइएको छ। प्रदीप शाहीको निर्देशनमा बनेको फिल्म साई प्रोडक्सन नेपालको प्रस्तुतिमा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको हो । फिल्ममा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रबिन्द्र श्रेष्ठ कार्यकारी निर्मातामा छन् । फिल्मको निर्माता विनोद सुवेदी क्षितिज हुन् । रहस्यमय हत्या (मर्डर मिस्ट्री)को कथामा आधारित रहेर निर्माण भएको फिल्मलाई बाबु श्रेष्ठले छायांकन गरेका हुन् ।
असार ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा दीया मास्के , विजय लामा, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, धर्मानन्द आचार्य, सुरज खालिङ, विकास अधिकारी, आईशा तामाङको पनि अभिनय छ ।