यतीबेला रिलिजमा रहेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स परिवर्तन गरीएको छ  । दर्शकको माग अनुसार फिल्मको क्लाइमेक्स परिवर्तन गरीएको हो ।फिल्म हेरेर फर्किएका अधिकांश  दर्शकले यसको क्लाइमेक्स अपूर्ण भएको भन्दै निर्माणपक्षसँग असन्तुष्टी जनाएका थिए । दर्शकको मागलाई मध्यनजर राख्दै निर्माण टिमले क्लाइमेक्स परिवर्तन गरेका हुन् । क्लाइमेक्स परिवर्तन गरेर फिल्म हलमा लागेपछि दर्शकले धन्यवाद दिएको रेनशाले बताइन् । उनले भनिन्–‘हामीले दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेका छौं । परिवर्तित क्लाइमेक्सलाई दर्शकले मन पराउनुभएको छ ।नायक धिरज मगर, नायिका जसिता गुरुङले पनि अब दर्शकले क्लाइमेक्सलाई रुचाउने बताए । नेपाली फिल्म क्षेत्रमै पहिलो पटक डान्स र पारिवारिक कथावस्तुमा तयार भएको यो फिल्म हेरेपछि अधिकांश दर्शकले निर्माण टिमको मिहिनेतको खुलेरै प्रशंसा गरेका थिए । फिल्ममा धिरज मगर र जसिता गुरुङ देखिएका छन्  ।फिल्मले ३ दिने विकेन्डमा औषत व्यापार गरेको छ ।