अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’लाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । चलचित्र हेर्ने अब १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथ चाहिने छ । सेन्सरले कुनै पनि दृश्य नकाटेको र केही एक्सनको दृश्यको कारण पिजी दिएको चलचित्र अभिनेत्री थापाले बताइन् । 

 

रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई रमेश एमले पौडेलले निर्माण गरेका हुन्। सुदिप बबी भुषाल सिंहको निर्देशन रहेको चलचित्रमा रेखा थापा र आर्यन सिग्देलको साथमा राजन ईशान, टिका पहारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र कात्तिक २ गते लक्ष्मी पूजाको अवसर पारेर देशभर एकसाथ प्रदर्शनमा आउन लागेको  छ ।