फिल्म ‘सोली डोली’ निर्माणको घोषणा गरिएको छ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार हुने फिल्मलाई निर्माता किरण नेपालीले निर्देशन गर्दैछन् ।किरणले फिल्म ‘हात्तीछाप’को निर्माणको समेत तयारी गरेका छन् । ‘हात्तीछाप’को छायांकन सकेपछि ‘सोली डोली’को छायांकन सुरु हुने छ । कलाकारको नाम न खुलाएता पनि फिल्ममा ४ नायक र ३ नायिका रहने बताइएको छ  ।फिल्ममा अमलादेवी राई, प्रदीप भारद्धाज, हिमालय शर्मा र सुरज आचार्यको लगानी रहनेछ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्धाजको कथा छ ।