फिल्म `ए साथी सुनको´ थ्रिलर ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेत्री बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँ अभिनय रहेको छ।  जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ फिल्ममा  राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको  छ । फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको सह-निर्मातामा सुदीप पौडेल छन् ।
 

 

 

लभस्टोरी, थ्रीलर र कमेडी जानराको फिल्ममा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा फिल्ममा अभिनय गरेका छन् ।